images
images

२ कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्च कस्को कति ?


  • 552
    SHARES
  • २०८० आषाढ १९ गते मंगलबार

    २ कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्च कस्को कति ?

    काठमाडौं । २ कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । मंगलबार रावा इनर्जी डेभलपमेन्ट र मोदी इनर्जीको आईपीओ सूचीकृत भएको हो । 

    रावा इनर्जी डेभलपमेन्ट कम्पनीको २८ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सो कम्पनीको सुरुवाती कारोबार मूल्य न्युनतम ८३ रुपैयाँ १० पैसा तोकिएको छ भने अधिकतम २ सय ४९ रुपैयाँ ३० पैसा तोकिएको छ । 

    त्यस्तै, मोदी इनर्जीको कुल २ करोड ९० लाख कित्ता आईपीओ सूचीकृत भएको छ । नेप्सेले सो कम्पनीको पहिलो दिनको कारोबारका लागि  न्युनतम मूल्य ९२ रुपैयाँ ९७ पैसा र अधिकतम २ सय ७७ रुपैयाँ ५१ पैसा ओपनिङ रेञ्च तोकेको छ । 

    उक्त कम्पनीहरुको शेयर मंगलबार नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।  


    images
    images

    Logo