काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सो आईपीओ आज बिहान विक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओमा कुल १० लाख २४ हजार ४६ जनाको आवेदन परेकोमा १० लाख २१ हजार १ सय ९८ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलप्रथाबाट बाँडफाँट गरिएको छ । जसअनुसार ६१ हजार ३ सय १६ आवेदनकले १० कित्ताका दरले आईपीओ पाएका छन् । सोमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
कम्पनीको सर्वसाधारणका लागि असार ५ गतदेखि असार ८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले कुल ६ लाख १३ हजार १ सय ६२ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सोही आईपीओ आज बाँडफाँट गरिएको हो ।



