images
images

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ असार २७ गतेदेखि


  • 482
    SHARES
  • २०८० आषाढ १९ गते मंगलबार

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ असार २७ गतेदेखि

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ असार २७ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले पहिलो चरणमा  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ। जसमध्ये १२ लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्ने भएको छ । त्यस्तै, ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइबाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

    सो शेयरमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछ। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।


    images
    images

    Logo