काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्नका लागि नेपाल बीमा प्राधिकरणको अनुमति पाएको छ । गत शुक्रबार बसेको प्राधिकरणको वैठकले उक्त अनुमति दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
हकप्रद शेयर निष्काशन पश्चात पनि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड २२ लाख रुपैयाँ पुग्नेछ । प्राधिकरणको निर्देशन अनुसार असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ । तर सो कम्पनीको पुँजी हकप्रद पश्चात पनि नपुग्ने देखिन्छ ।