काठमाडौं । नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले २५ प्रतिशत बोनस बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मूल्य २ हजार ९० दशमलव ४० रुपौयँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ हजार ६ सय १३ रुपैयाँमा भएको थियो ।