images
images

नेप्सेले दियो गिरावटलाई निरन्तरता, ४ अर्बमार्थिको कारोबार 


  • 452
    SHARES
  • २०८० आषाढ १८ गते सोमबार

    नेप्सेले दियो गिरावटलाई निरन्तरता, ४ अर्बमार्थिको कारोबार 

    काठमाडौं । लगातार दुई दिन घटेको नेप्सेले आज पनि निरन्तरता दिएको छ । गत साताको अन्तिम दिनदेखि घटेको बजारले दोस्रो दिन पनि निरन्तरता दिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३२ अंकले घटेर २ हजार ७५ दशमलव ९७ विन्दुमा पुगेको छ । 

    सोमबार कारोबारमा आएका २ सय ७६ स्क्रिपको ४ अर्ब ५ करोड रुपैयाँ बराबरको ९४ लाख १८ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार पनि घटेको छ । आज ४१ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७४ कम्पनीको शेयर मूल्य घटेकाे छ भने १० कम्पनीको शेयर मूल्य स्थिर छ । 

    सोमबार १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको २० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सीवाईसी लघुवित्त वित्तीय संस्था, बिपिडब्लु लघुवित्त वित्तीय संस्था रहेका छन् । सिटि होटलको ९.९८ प्रतिशत बढेको छ । 


    images
    images

    Logo