images
images

मंगलबार २ कम्पनीको शेयर कारोबार रोक्का, यस्तो छ कारण


  • 463
    SHARES
  • २०८० आषाढ १८ गते सोमबार

    मंगलबार २ कम्पनीको शेयर कारोबार रोक्का, यस्तो छ कारण

    काठमाडौं । मंगलबार २ लघुवित्तको शेयर कारोबार रोक्का हुनेछ । नेप्सेले धौलागिरि लघुवित्त र खप्तड लघुवित्तको शेयर कारोबार रोक्का गर्ने भएको हो । 

    यी दुवै लघुवित्तले मर्जर प्रकृया पुरा गरि असार २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।  यी कम्पनीले मंगलबादेखि धौलागिरि लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने निर्णय गरेसँगै एकिकृत कारोबार प्रयोजनका लागि नेप्सेले शेयर कारोबार रोक्का गर्न लागेको हो ।

    २० गतेदेखि दुबै कम्पनीले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि भाेली एक दिनका लागि दुवै कम्पनीको शेयर कारोबार बन्द गर्न लागेको कम्पनीले जनाएको छ ।    


    images
    images

    Logo