काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि अरुण कावेली पावरले बुक क्लोजको मिति तय गरेको छ । आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरले १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद निष्काशन गर्ने भएको छ ।
सो प्रयोजनका लागि कम्पनीले असार २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ तसर्थ असार २४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड बिक्री प्रबन्धकमा रहेको छ ।