काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको शेयर नेप्सेमा सुचीकृत भएको छ । सिवाईसी नेपाल लघुवित्तको १० लाख ८२ हजार ९ सय कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
साविकको सिवाईसी नेपाल लघुवित्त र आधिँखोला लघुवित्तको एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १ः०७० अनुपातमा कायम हुन आएको प्रति शेयर अकिंत तथा चुक्ता मूल्य १ सय को दरमा १० लाख ८२ हजार ९ सय शेयर सिवाईसी नेपाल लघुवित्तको नाममा सुचीकृत भएको हो ।
नेप्सेले सो कम्पनीको ओपिनङ रेञ्ज १ हजार १ सय ७१ दशमलव ८५ रुपैयाँ तोकिदिएको छ । सो कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।