काठमाडौं । सातको पहिलो दिन आइतबार नेप्से घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.७० अंकले घटेर २ हजार ९७ दशमलव २९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ८६ स्क्रिपको ५ अर्ब ८ करोड रुपैयाँ बराबरको १ करोड १३ लाख कित्ता शेयर किनबेच भएको छ ।
आइतबार १८ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय ७ कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४।७५ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको २० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा विपिडव्लु लघुवित्त रहेका छ । सिटी होटेलको ९.९८ प्रतिशतले बढेको छ ।



