काठमाडौं । । मर्जरका लागि २ लघुवित्तले नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएका छन् । मर्जर प्रकृयामा रहेका नयाँ सारथी लघुवित्त र विजय लघुवित्तले गत शुक्रबार राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएका हुन् ।
यी दुई संस्थाबीच मङ्सिर २७ गते मर्जरको लागि सम्झौता भएको थियो । यी कम्पनीहरुले १ः१ को स्वाप रेसियोमा मर्ज हुने सहमति गरेका छन् । मर्जर पश्चात उक्त कम्पनीले विजय लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु गर्नेछ ।
मर्जरपछि बन्ने विजय लघुवित्तको केन्द्रीय कार्यलय धुलिखेलमा रहने छ ।हाल नयाँ सारथी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको धुलिखेलमा रहेको छ भने विजय लघुवित्तको केन्द्रिय कार्यालय नवलपरासीको गैडाकोटमा रहेको छ ।