images
images

सातामा ९५ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 487
    SHARES
  • २०८० आषाढ १६ गते शनिबार

    सातामा ९५ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ९५.४६ अंक बढेर २ हजार १ सय ५० दशमलव ९९ विन्दुमा पुगेको छ। यस साता ५ मध्ये ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से उकालो लागेको थियो भने एक कारोबार दिन ओरालो लागेको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे ४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब १० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४.६४ प्रतिशत अर्थात १ खर्ब ३९ अर्ब रुपैयाँ बढेर ३१ खर्ब ५० करोड रुपैयाँ पुगेको छ।  

    साताको पहिलो दिन आइतबार नेप्से बढेको थियो । सो दिन ६२.२१ अंकले २ हजार १ सय १७ दशमलव ७२ विन्दुमा पुगेको छ । आइतबार ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो  । साताको दोस्रो दिन सोमबार ११.६९ अंकले बढेर २ हजार १ सय २९ दशमलव ४२ विन्दुमा पुगेको थियो । सो दिन ५ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको थियो । 

    त्यस्तै, मंगलबार ५६.९४ अंकले बढेर २ हजार १ सय ८६ दशमलव ३६ विन्दुमा पुगेको थियो । सो दिन ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको थियो । साताको अन्तिम दिन बुधबार ३५.३७ अंकले घटेर २ हजार १ सय ५० दशमलव ९९ विन्दुमा पुगेको थियो । सो दिन ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्से घटेपनिक कारोबार रकम भने बढेको थियो । 

    विहीबार विदा परेकोले नेप्से खुलेको थिएन । विहीबार मुस्लिम धर्मलम्वीहरुको पर्ब इद परेकोले सरकारले विदा दिएको थियो । यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ११.९३ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता लगानी उपसमूहको परिसूचक सबैभन्दा कम ०.५८ प्रतिशत बढेको छ। 

    यस साता तीन कम्पनीको कुल २३ लाख ९३ हजार ७ सय ४९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता समता घरेलु लघुवित्त, महुली लघुवित्त र जीवन विकास लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको हो। 

    यस साता एक कम्पनीको शेयर मूल्य समायोजन भएको थियो । सामुदायिक लघुवित्तको १० प्रतिशत बोनस शेयर बापत नेप्सेले शेयर मूल्य समायोजन गरेको थियो । समायोजन पछि सो कम्पनीको शेयर मूल्य १ हजार २१ दशमलव ८२ रुपौयँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार १ सय २४ रुपैयाँमा भएको थियो ।  


    images
    images

    Logo