काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा असारको दोस्रो र तेस्रो सातामा ९ कम्पनीको १ अर्ब १९ करोड ४० लाख ६७ हजार ६ सय रुपैयाँ बराबरको १ करोड १९ लाख ४० हजार ६ सय ७६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । नेप्सेमा यस साता असार ३ गतेदेखि १५ गतेसम्म ९ कम्पनीको सो कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
यसरी सुचीकृत हुने कम्पनीमा १ वटा विकास बैंक, ७ वटा लघुवित्त, १ वटा इस्योरैन्स कम्पनी रहेका छन् । यसरी सुचीकृत हुनेमा कामना सेवा विकास बैंक, उपकार लघुवित्त, साना किसान विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, विजय लघुवित्त, समता घरेलु लघुवित्त, माहुली लघुवित्त, जीवन विकास लघुवित्त र एशियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।
नेप्सेमा कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत बापतको १३ लाख ८५ हजार ८ सय ७६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, उपकार लघुवित्तको ६१.७५ प्रतिशत बोनस बापतको ४ लाख ५ हजार २३५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
त्यस्तै, साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनस बापतको ४० लाख ६७ हजार ४ सय ७५ कित्ता, नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ४ सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
विजय लघुवित्तको २० प्रतिशत बोनस बापतको ६ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ,समता घरेलु लघुवित्तको १५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार १ सय १६ कित्ता, माहुली लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको ४ लाख २ हजार ९१ कित्ता र जीवन विकास लघुवित्तको १४.२८५ प्रतिशत बोनस बापतको १४ लाख ७७ हजार ५ सय ४२ कित्ता बोनस शेयर नेप्समो सुचीकृत भएको छ ।
त्यसैगरी, एशियन लाइफ इन्स्योरेन्सको ८.५० प्रतिशत बोनस बापतको २४ लाख ७१ हजार ८ सय ९४ कित्ता भएको छ ।
| S.N | Company Name | Bonus | Listing |
| 1 | Kamana Sewa Bikas Bank | 4.41 | 1385876 |
| 2 | Upakar Laghubitta | 61.75 | 405232 |
| 3 | Sana Kisan Bikas Laghubitta | 26 | 4067475 |
| 4 | Naya Sarathi Laghubitta | 19 | 576450 |
| 5 | Asian Life Insurance Company | 8.5 | 2471894 |
| 6 | Vijaya Laghubitta | 20 | 640000 |
| 7 | Samata Gharelu Laghubitta | 15 | 514116 |
| 8 | Mahuli Laghubitta | 14.25 | 402091 |
| 9 | Jeevan Bikas Laghubitta | 14.285 | 1477542 |
| Total | 11940676 |



