काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तथा विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतीका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।
विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण जिममेवारी सञ्चालक समितिको अध्यक्ष दधिराम निरौलालाई दिने निर्णय समेत कम्पनीले गरेको छ ।