images
images

नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, ३ लाख ६१ हजारले पाए शेयर 


  • 557
    SHARES
  • २०८० आषाढ ११ गते सोमबार

    नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, ३ लाख ६१ हजारले पाए शेयर 

    काठमाडौं ।  नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटलले ठमेलको छायाँसेन्टर स्थित होटेल अलोफ्टमा शेयर बाँडफाँड गरेको हो। 

    उक्त आइपीओ बाँडफाँड कार्यक्रममा उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठ सहभागी भएका छन । उनी प्रमुख अतिथिको रुपमा आईपीओ बाँडफाँडमा सहभागी भएका हुन् । माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्धारा बाँडफाँट गरिएको छ । 

    जस अनुसार गोलाप्रथाबाट ३ लाख ६१ हजार ९ सय ८९ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर र बाँकी ३ लाख ६१ हजार ९ सय ८८ जनाले १० कित्ता शेयर पाएका छन् । 

    क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ९९ हजार ७ सय २७ जना आवेदकबाट कुल १ करोड ४१ लाख ९ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १२ लाख २७ हजार ५ सय ६९ जना आवेदक मात्र शेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा ७१ हजार १ सय ५८ जनाको आवेदन रद्द भएको छ। 

    कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले  आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । 

     

     


    images
    images

    Logo