काठमाडौं । नेशनल हाइड्रोपावरको हकप्रद शेयर असार २९ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले १०ः५ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो ।
अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीको उक्त हकप्रद शेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले असार १ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ ३२ गतेसम्म कारोबार भइ कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ।