काठमाडाैं । आईपीओ निष्काशनको लागि हिम स्टार उर्जाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सो कम्पनीले आइतबार बोर्डमा निवेदन दिएको हो ।
सो कम्पनीले ११ करोड १९ लाख बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको छ ।
कम्पनीले उक्त आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ ।