काठमाडौं । एक कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार डिप्रोक्स लघुवित्तको २ लाख ४८ हजार २ सय कित्ता शेयर सुचीकृत भएको हो ।
साविकको आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्त एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन आएको प्रति शेयर अकिंत तथा चुक्ता मूल्य १ सय को दरमा २ लाख ४८ हजार ४ सय शेयर डिप्रोक्स लघुवित्त नाममा सुचीकृत भएको हो ।
सो कम्पनी शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।