काठमाडौं । आइतबार नेप्से बढेर बन्द भएको छ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२१ अंकले बढेर २ हजार १ सय १७ दशमलव ७३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ७५ स्क्रिपको ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यो दिनको कारोबार साढे ५ महिना यताकै उच्च हो । यसअघि पुस २६ गते ७ अर्बको शेयर कारोबार भएको थियो ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७.७९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको हो। आज काराेबारमा आएकाे १ सय ८९ कम्पनीकाे शेयर मुल्य बढेकाे छ । ३२ कम्पनीकाे शेयर मुल्य घटेकाे छ भने ४ कम्पनीकाे शेयर मुल्य स्थिर छ ।
आज सर्वाधिक कारोबार गर्ने कम्पनीमध्ये पहिलोमा शिबम् सिमेन्ट रहेको छ । आज कम्पनीले कुल ४९ करोड ९० लाख ७३ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । यसैगरी आज, सोल्टि होटलले ३८ करोड ९० लाख ९३ हजार रुपैयाँको शेयर कारोबार गरेको छ भने हिमालयन डिष्टिलरी लिमिटेडले २४ करोड ३८ लाख १२ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।
आज ५ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबी ५०, सामलिङ पावर, विपिडव्लु लघुवित्त कम्पनी रहेका छन् । विपिडव्लु लघुवित्त बाहेकका सवै कम्पनीको शेयर मूल्यमा सकारात्मक सकंिट लागेको छ भने विपिडव्लु लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, सिटी होटलको ९.९८ प्रतिशत, शिवम् सिमेन्ट ९.९८ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ९.७७ प्रतिशतका दरले बढेको छ ।



