काठमाडौं । आईपीओ निष्काशन गर्नका लागि २ कम्पनील नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । आइतबार मनकामना इन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीले आईपीओ निष्काशन गर्न अनुमति पाएका हुन् ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ । उक्त कम्पनीले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको छ । सो कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कीओके क्यापिटललाई नियुक्त गरेको छ ।
त्यस्तै, भगवती हाइड्रोपावर विकास कम्पनीले कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियर रकम थप गरी १४ लाख ३० हजार १६२ कित्ता आईपीओ कित्ता शेयर निष्काशन गर्नेछ । जसअनुसार यो कम्पनीको आईपीओ किन्न प्रतिकित्रा ११६ रुपैयाँ तिर्नुपर्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।



