काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समय थप गरिएको छ । उक्त हकप्रद शेयरमा अब असार २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । १ः०।७५ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर ०.७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद जारी गरेको हो ।
हकप्रद निष्काशनका लागि कम्पनीले वैशाख २७ गते बुकक्लोज गरेको थियो। यसअनुसार वैशाख २६ गतेसम्म कायम रहेका यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक लक्ष्मी क्यापिठल मार्केट लिमिटेड रहेको छ।