काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से १३.४६ अंक बढेर २ हजार ५५ दशमलव ५३ विन्दुमा पुगेको छ।यस साता दुई कारोबार दिन नेप्से उकालो लागेको थियो भने ३ कारोबार दिन ओरालो लागेको थियो। यस साताको पहिलो र अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको थियो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण २४ अर्ब रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन २९ खर्ब ८६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साताको बिहीबारसम्ममा बढेर ३० खर्ब १० अर्ब पुगेको छ।
साताको पहिलो दिन आइतबार ५२.२६ अंकले बढेर २ हजार ९४ दशमलव ३३ विन्दुमा पुगेको छ । सो दिन ४ अर्ब ६८ करोड रुपैयाँ बराबरो शेयर कारोबार भएको थियो । त्ष्यस्तै साताको दोस्रो दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको थियो । सो दिन २.४९ अंकले घटेर २ हजार ९१ दशमलव ३९ विन्दुमा पुगेको छ । सो दिन ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार २६.५६ अंकले घटेर २ हजार ६४ दशमलव ८३ विन्दुमा पुगेको छ । सो दिन ४ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार १४.०५ अंकले घटेर २ हजार ५० दशमलव ७८ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको थियो ।
त्यस्तै साताको अन्तिम दिन शेयर बजार बढेको थियो । ४.७५ अंकले बढेर २ हजार ५५ दशमलव ५३ विन्द्युमा पुगेको थियो । विहीबार ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस साता ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १७.८२ प्रतिशत बढेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशत घटेको छ।
यस साता नेप्सेमा ९ कम्पनीको कुल ९ करोड ६१ लाख ३० हजार १ सय ९० कित्ता शेयर सूचीकृत भएको छ। यस साता ६ कम्पनीको बोनस शेयर दुई कम्पनीको आईपीओ र एक कम्पनीको मर्जरपश्चातको शेयर नेप्सेमा सूचीकृत भएको हो।



