काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा असारको दोस्रो सातामा ६ कम्पनीको ९५ करोड ४६ लाख रुपैयाँ बराबरको ९५ लाख ४६ हजार बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । नेप्सेमा यस साता असार ३ गतेदेखि ८ गतेसम्म ६ कम्पनीको कुल ९५ लाख ४६ हजार ९ सय २७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यसरी सुचीकृत हुने कम्पनीमा १ वटा विकास बैंक, ४ वटा लघुवित्त, १ वटा इस्योरैन्स कम्पनी रहेका छन् । नेप्सेमा कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत बापतको १३ लाख ८५ हजार ८ सय ७६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, उपकार लघुवित्तको ६१.७५ प्रतिशत बोनस बापतको ४ लाख ५ हजार २३५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
त्यस्तै, साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनस बापतको ४० लाख ६७ हजार ४ सय ७५ कित्ता, नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ४ सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, एशियन लाइफ इन्स्योरेन्सको ८.५० प्रतिशत बोनस बापतको २४ लाख ७१ हजार ८ सय ९४ कित्ता र विजय लघुवित्तको २० प्रतिशत बोनस बापतको ६ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
| Company Name | Bonus | Listing |
| Kamana Sewa Bikas Bank | 4.41 | 1385876 |
| Upakar Laghubitta | 61.75 | 405232 |
| Sana Kisan Bikas Laghubitta | 26 | 4067475 |
| Naya Sarathi Laghubitta | 19 | 576450 |
| Asian Life Insurance Company | 8.5 | 2471894 |
| Vijaya Laghubitta | 20 | 640000 |
| Total | 9546927 | |



