काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले कुल १२ लाख ३१ हजार २ सय ५० कित्ता निष्काशन गरेको छ । सोमध्ये ४ लाख ९२ हजार ५ सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ७ लाख ३८ हजार ७५० कित्ता शेयरमा ७३ हजार ८ सय ७५ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई, ३६ हजार ९ सय ३८ कित्ता सामुहिक लगानी कोषलाई छुट्टाएर बाँडफाँट पश्चात बाँकी रहेको ६ लाख १३ हजार १ सय ६२ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।



