images
images

नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँटको मिति तय


  • 1.3K
    SHARES
  • २०८० आषाढ ७ गते बिहीबार

    नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँटको मिति तय

    काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँटको मिति तय गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सो आईपीओ असार ११ गते बाँडफाँट गरिने भएको छ ।  

    कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण हुनेछ । १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा ३ लाख ६१ हजार ९ सय ८९ जनाले मात्र कम्पनीको आईपीओ प्राप्त गर्नेछन् ।

    उक्त आईपीओ असार ११ गते  बिहान बिक्रि प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा हुने क्यापिटलले जनाएको छ ।  कम्पनीले कुल ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन निष्काशन गरेको थियो । 

    जसमध्ये १ लाख ७४ हजार १ सय २० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख १७ हजार ६ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी रहेको  ३५ लाख २५ हजार ९३० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । उक्त आईपीओ क्यापिटलले सोमबार बाँडफाँट गर्ने भएको हो । 


    images
    images

    Logo