काठमाडौं । धौलागिरी र खप्तड लघुवित्तले एकीकृत कारोबारको मिति तय गरेका छन् । मर्जर प्रकृयामा रहेका यी दुवै संस्थाले असार २० गते देखि एकिकृत कारोबार सुरु गर्ने भएका हुन् ।
यी दुवै लघुवित्तबिच स्वाप रेसियो १ः०.७५ अुपातमा हुने सहमति भएको छ । मर्जर पश्चात सो संस्थाको एकीकृत कारोबार धौलागिरि लघुवित्त वित्तीय संस्थाको नामबाट हुने भएको छ ।
दुई संस्थाबीच मर्जर सम्बन्धी समझदारी पत्रमा मंसिर १८ गते हस्ताक्षर भएको थियो। पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका थिए।
बोर्डले दुबै कम्पनीले असार ६ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको थियो । यस्तै मर्जर पश्चात कायम हुने संस्थाको केन्द्रीय कार्यालय बाग्लुङ्ग नगरपालिका वडा नं। २, बाग्लुङ्ग रहनेछ ।