images
images

बजारको घट्दो क्रममा ब्रेक, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट 


  • 821
    SHARES
  • २०८० आषाढ ७ गते बिहीबार

    बजारको घट्दो क्रममा ब्रेक, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट 

    काठमाडौं । लगातार ३ दिन घटेको बजारमा आज चौथो दिन ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७५ अंकले बढेर २ हजार ५५ दशमलव ५३ विन्दुमा पुगेको छ । विहीबार २ सय ७६ स्क्रिपको ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको ८० लाख ८ हजार कित्ता शेयर किनबेच भएको छ । 

    साताको अन्तिम दिन विहीबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ८.६५ प्रतिशत बढेको छ। त्यसैगरी, जीवन बीमा उपसमूहको परिसूचक ३.२४ प्रतिशत बढेको छ भने निर्जीवन बीमाको २.७७ प्रतिशत बढेको छ। घटेका ९ उपसमूहमध्ये यस दिन जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज कारोबारमा आएको ७४ कम्पनीको शेयर मुल्य घटेको छ । १ सय ४७ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्यमा स्थिर छ । 

    आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको २९ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    विहीबार ४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा तारागाउँ रिजेन्सी होटल्स, ओरियन्टल होटल्स, कालिञ्चोक दर्शन, विपिडव्लु लघुवित्त रहेका छन् । सो कम्पनीहरुको १० प्रतिशतका दरले  बढेको छ । त्यस्तै, सिटि होटलको ९.९८प्रतिशत बढेको छ । 


    images
    images

    Logo