काठमाडौं । अपि पावर कम्पनीले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले बुधबार अनुमति पाएको हो ।
कम्पनीले चुक्ता पुँजीको १ः०.४० अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कुल १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
उक्त हकप्रद निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ।