काठमाडौं । हिमालयन लाइफ इस्योरेन्सको शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार ८ करोड २ लाख ३ हजार ८ सय ३६ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
साविकको युनियन लाइफ इस्योरेन्स, प्राइम लाइफ इस्योरेन्स र गुँरास लाइफ इस्योरेन्स कम्पनीबीच एक आपसमा मर्जर पश्चात १ः१ः१ को अनुपातमा कायम हुन आएको सो शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले ३ सय ४६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । सोहि आधारमा विहीबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।