काठमाडौं । बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०५ अंकले घटेर २ हजार ५० दशमलव ७८ विन्दुमा झरेको छ । आज कारोबारमा आएका २ सय ७१ स्क्रिपको ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ८६ लाख ५१ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ४५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७९ कम्पनीको शेयर मूल्य घटेको छ ।
नेप्से सूचक घटेपनि होटल क्षेत्र भने चम्किएको छ। होटल क्षेत्रमा लगानीकर्ताको आकर्षण कायमै छ। कारोबारमा आएका १३ उपसमूह मध्ये ९ उपसमूहको सूचक नकारात्मक देखिदा होटल उपसमूहको सूचक भने ४ प्रतिशतभन्दा धेरैले बढेको छ। यस दिन हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोडको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको १९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १६ करोड ७६ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
बुधबार सिटी होटल ९.९७ प्रतिशतले घटेको छ । सोल्टी होटल ७.४४ प्रतिशत, विपिडव्लु लघुवित्त ६.१० प्रतिशत, ईङवा हाइड्रोपावर ५.९८ प्रतिशत र एनआइविएल ग्रोथ फण्ड ५.६५ प्रतिशतले बढेका छन् ।



