images
images

साउन १ देखि बेलुका ७ बजेसम्म पसल खोल्न पाइने, निषेधाज्ञा भने १० गतेसम्म


  • 564
    SHARES
  • २०७८ आषाढ ३१ गते बिहीबार

    साउन १ देखि बेलुका ७ बजेसम्म पसल खोल्न पाइने, निषेधाज्ञा भने १० गतेसम्म

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि साउन १ गतेदेखि बेलुका ७ बजेसम्म पसल खोल्न पाउने व्यवस्था गरेको छ । साउन १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयले साउन १ गतेदेखि लागू हुने गरी निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्

    कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि  जिल्ला प्रशासनले साउन १० सम्म निषेधाज्ञा लम्ब्याएको हो । कोभिड रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा साउन १ गतेबाट १० गतेसम्मका लागि निषेधाज्ञा लागि लम्ब्याइएको हो ।


    स्वास्थ्य मापदण्ड अपनाउदै अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिने बिहीबार जारी आदेशमा उल्लेख गरिएको छ ।

    साउन १ गतेदेखि भने बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने भएको छ । यसअघि असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेको थियो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने जानकारी दिए ।


    images
    images

    Logo