काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५५३ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ जना संक्रमित थपिएको हो ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ६९३ पुगेको हो ।
देशभर थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।
त्यसैगरि देशभर १७५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।