काठमाडौं । नेपालमा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसअनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।
त्यसैगरि देशभर १७५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।