काठमाडौं । लामो दूरीका सार्वजनिक यातायात खुलाउनेबारे आज निर्णय हुँदैछ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीकाे आज बस्ने बैठकले यस्ता सवारी साधनहरु चलाउन दिने तयारी भएको छ ।
प्रशासनले त्यस्ता सवारी साधनहरु जाेर बिजाेर प्रणालीका आधारमा बसपार्कबाट छुट्न सक्नेगरी व्यवस्था गर्न लागेकाे जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए ।
काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइ सकिएकाे छ । बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिँदै आइएकाे छ ।
प्रशासनले हाल गर्दै आएकाे निषेधाज्ञाकाे समय साउन १ गते सकिँदैछ । पछिल्लाे समय निषेधाज्ञा खुकुलाे बनाइइपछि काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे परिप्रेक्ष्यमा निषेधाज्ञा थप कडा बन्नसक्ने प्रक्षेपणबीच प्रशासनले अन्तरजिल्ला आवागमन खुकुलाे बनाउन लागेकाे हाे । अहिले पनि सार्वजनिक कार्यक्रम र २५ जना भन्दा बढी जम्मा हुनेगरी सार्वजनिक भेला गर्न भने प्रशासनले राेक लगाउँदै आएकाे छ ।



