काठमाडौं । पेट्राेलियम पदार्थकाे मूल्य घटेकाे छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुनेगरी पेट्राेल, डिजेल र मट्टितेलकाे मूल्य १/१ रुपैयाँले घटाएकाे हाे । अब काठमाडौंमा पेट्राेलकाे मूल्य १ सय २९ रुपैयाँ र डिजेलकाे मूल्य १ सय ११ रुपैयाँ कायम भएकाे छ ।
हाल पेट्राेलियम पदार्थमा मूल्य बढेकाे भन्दै विद्यार्थी संगठनहरु आन्दाेलनमा छन् । उनीहरुकाे मागलाई केही हदसम्म सम्बाेधन गर्न मूल्य घटाइएकाे निगमले जनाएकाे छ । मूल्य घटेसँगै आन्दोलन फिर्ता हुने विश्वास निगमले गरेकाे छ ।