काठमाडौं । नियुक्तिपत्रमा संविधानको धारा उल्लेख हुनेपर्ने नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको माग पूरा भएको छ । नियुक्तिपत्रमा संविधाको धारा उल्लेख भएपछि देउवा शपथ लिन तयार भएका हुन् ।
अहिले राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्री देउवाका साथै मन्त्रीहरुमा बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, पम्फा भुसाल र जनार्दन शर्माले समेत शपथ लिएका छन् । खाँडलाई गृह, कार्कीलाई कानून, भुसाललाई उर्जा र शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी ताेकिएको छ ।