काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको नियुक्ति गर्दा नियुक्तिपत्रमा प्रयोग गरिएको भाषामा देउवाले असन्तुष्टि जनाउँदा शपथ ग्रहणमा ढिलाइ भएको छ ।
भण्डारीले देउवालाई दिएको नियुक्तिपत्रका संविधानको धारा ७६ (५) उल्लेख नै नगरेपछि देउवाले शपथ ग्रहण गर्न ढिलाई गरेका हुन् । उनले मुख्यसचिवलाई बोलाएर नियुक्तिपत्रको भाषा सच्याउन भनेका थिए ।
भाषा सच्याएर नियुक्तिपत्र आएपछि देउवा शपथ ग्रहणका लागि बुढानीलकण्ठबाट राष्ट्रपति कार्यालय शितल निवास हिँडेका छन् ।