काठमाडौं । यसअघि अर्थमन्त्री भइसकेका ज्ञानेन्द्र कार्की अब कानूनमन्त्री बन्ने भएका छन् । नेपाली काँग्रेसका तर्फबाट उनले कानून मन्त्रालयमा प्रतिनिधित्व गर्न लागेका हुन् ।
सामान्यतया महत्वपूर्ण मन्त्रालय सम्हालिसकेको व्यक्ति सामान्य मन्त्रालयमा जानु शोभनीय नभए पनि कार्की कानून मन्त्रालय सम्हाल्न राजी भएका हुन् । यसअघि उर्जा तथा गृहमन्त्री भइसकेका जनार्दन शर्मा भने यसपटक अर्थमन्त्री बन्ने अवसर पाएका छन् ।
त्यसो त यसअघि वर्षमान पुन पनि अर्थमन्त्री भएर ओली सरकारमा उर्जा मन्त्रालय सम्हाल्न गएका थिए । कानून मन्त्रालय बजेटका हिसाबले कमजोर मन्त्रालय मानिन्छ । यो मन्त्रालयमा सबैभन्दा कम बजेट विनियोजन हुने गर्छ ।