काठमाडौं । ४ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका विष्णु पौडेललाई विस्थापन गर्ने ३ जनाको नाम तयार भएको छ । हाल पौडेलले अर्थ, गृह, उर्जा र उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
पौडेलले सम्हालेको अर्थ मन्त्रालयको जिम्मा जनार्दन शर्माले पाउने भएका छन् । उनी नेकपा माओवादी केन्द्रका सांसद हुन् । त्यस्तै, गृहमन्त्रीमा काँग्रेस सांसद बालकृष्ण खाँड नियुक्त हुने भएका छन् ।
उर्जा मन्त्रालयमा पम्फा भुसाललाई पठाउने निश्चित भएको छ । उद्योग मन्त्रालयको जिम्मा कसले पाउने भन्ने निश्चित भइसकेको छैन ।