काठमाडौं । माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रको आजको बैठकले शर्मा र भुसाललाई मन्त्री बनाउने निर्णय गरेको हो ।
माओवादीको निर्णयसँगै उनीहरुको शपथ आजै हुने सम्भावना देखिएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई उर्जा मन्त्रालय दिने तयारी गरिएको छ ।