images
images

सीआईबीमा नक्कली उजुरी, धम्क्याएर ४ लाख असुली


  • 385
    SHARES
  • २०७८ आषाढ २९ गते मंगलबार

    सीआईबीमा नक्कली उजुरी, धम्क्याएर ४ लाख असुली

    काठमाडौं ।  गर्दै नगरेको अपराधको नक्कली उजुरी बनाएर ब्यापारीसँग असुली धन्दा चलाउने प्रहरी अख्तियारको फन्दामा परेका छन् । व्यवसायीलाई धम्क्याएर रकम असुलीको आरोपमा नेपाल प्रहरीका हवल्दार बाबुराम घिमिरे विरुद्ध मुद्दा चलाइएको हो ।

    सीआईबीमा नक्कली मुद्दा खडा गरी सुन व्यापारी राजकुमार स्वर्णकारलाई धम्की दिएर ३ लाख ९९ हजार ५०० रुपैयाँ लिएको पुष्टि भएको भन्दै प्रहरी हवल्दार  सोही बराबरको बिगो कायम गरी विशेष अदालतमा मुद्दा चलाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 


    images
    images

    Logo