काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ४१० भक्तपुरमा ८० र ललितपुरमा ९७ जना संक्रमित थपिएका हुन् ।
यसैगरि काठमाडौं उपत्यकामा ७ हजार ७४९ जना संक्रमित रहेको छ ।
देशभर थप २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।