images
images

अदालतले प्रश्न उठाएपछि महान्यायाधिवक्ता बडालले दिए राजीनामा


  • 734
    SHARES
  • २०७८ आषाढ २९ गते मंगलबार

    अदालतले प्रश्न उठाएपछि महान्यायाधिवक्ता बडालले दिए राजीनामा

    काठमाडौं । संसद विघटनको मुद्दामा सरकारी पक्षको शर्मनाक हारपछि महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिएका छन् । उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन् । उनी अपराह्न १ बजे महान्यायधिवक्ताको कार्यालयबाट बिदा हुँदैछन् । 

    सोमबारको फैसलामा अदालतले उनको भूमिकामाथि प्रश्न समेत उठाएको थियो । उनले अदालतमा प्रस्तुत गरेको मर्यादा शोभनीय नभएको अदालतको फैसलामा उल्लेख गरिएको थियो । 

    सामान्यतया सरकार गठन भएपछि आउने नयाँ प्रधानमन्त्रीसमक्ष महान्यायाधीवक्ताले राजीनामा दिने चलन भए पनि बडालले भने ओलीलाई नै राजीनामापत्र बुझाएका हुन् । संवैधानिक अंग मानिने यो निकायको प्रमुखको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । 


    images
    images

    Logo