images
images

नगरकोटमा बन्दैछ नेपालकै सबैभन्दा लामो जिपलाइन


  • 1.1K
    SHARES
  • २०७८ आषाढ २९ गते मंगलबार

    नगरकोटमा बन्दैछ नेपालकै सबैभन्दा लामो जिपलाइन

    काठमाडौं । भक्तपुरको नगरकोटमा १ हजार ९ सय मिटर लामो जिपलाइन निर्माण हुने भएको छ । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ र ७ मा फैलनेगरी उक्त जिपलाइन बनाउन लागिएको हो । 

    नगरकोट जिपलाइन प्रा.लि. ले सो जिपलाइनको निर्माणको वातावरणीय अध्ययन प्रतिवेन तयारीका लागि सर्वसाधारणबाट सुझाव मागिएको छ । 
    सो जिपलाइन निर्माणका लागि सस्टेनेबल भेन्चर्स प्रा.लि. ले परामर्शदाता जिम्मा लिएको छ । 

    अहिले पोखराको जिपलाइन १ हजार ८ सय ५० मिटर लामो छ । यो जीपलाइन निर्माणपछि नगरकोट जीपलाइन नेपालकै लामो जिपलाइन बन्नेछ । 


    images
    images

    Logo