images
images

अमेरिका र चीनबाट आएका खोप आजदेखि लगाइँदै, कुन खोप क-कसले पाउँछन् ? 


  • 1.3K
    SHARES
  • २०७८ आषाढ २९ गते मंगलबार

    अमेरिका र चीनबाट आएका खोप आजदेखि लगाइँदै, कुन खोप क-कसले पाउँछन् ? 

    काठमाडौं । आजदेखि ७७ वटै जिल्लामा खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार मंगलबारदेखि फेरि खोप अभियान सुरु गर्न लागिएको हो ।  

    चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिकलाई दिइनेछ । 

    त्यसबाहेक खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले पनि भेरोसेल खोप लगाउन पाउनेछन् । 

    उता, अमेरिकी सरकारले अनुदानस्वरुप उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५० देखि ५४ वर्ष उमेर समूहका मानिसहरूलाई दिइने छ । 

    यो खोप पूर्ण र अति अशक्तता भएका नागरिकहरू, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि पाउने भएका छन् । 

    नेपाल सरकारले चीनबाट शुक्रबार मात्रै ८ लाख डोज भेरोसेल खोप खरिद गरी ल्याएको थियो । त्यस्तै आइतबार मात्रे अमेरिकी सरकारबाट अनुदानस्वरुप १५ लाख डोज जोनसन एण्ड जोनसन कम्पनीको जानसेन खोप उपलब्ध गराएको थियो । ​जानसेन खोप एक मात्रा मात्रै लगाए पुग्नेछ । 


    images
    images

    Logo