images
images

शेरबहादुर देउवा आज पाँचाैंपटक प्रधानमन्त्री बन्दै, पहिलो चरणमा ४ मन्त्री नियुक्तिको तयारी


  • 705
    SHARES
  • २०७८ आषाढ २९ गते मंगलबार

    शेरबहादुर देउवा आज पाँचाैंपटक प्रधानमन्त्री बन्दै, पहिलो चरणमा ४ मन्त्री नियुक्तिको तयारी

    काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । सर्वोच्च अदालतको आदेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेकी हुन् । 

    यसका लागि सबै तयारी पूूरा भएर देउवालाई शपथ ग्रहणका लागि खबर समेत गरिसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    उता देउवाले काँग्रेस र माओवादीका २/२ जना समेटेर आजै पहिलो चरणको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । तर को को मन्त्री हुने भन्ने टुंगो भने लागिसकेको छैन । बाँकी मन्त्रीहरु शक्ति सन्तुलन र समझदारीको आधारमा बनाइनेछ ।

    राष्ट्रिय जनमोर्चो, एमालेको माधव समूह र राष्ट्रिय जनता पार्टीका उपेन्द्र यादव समूहले तत्कालै सरकारमा जान अस्वीकार गरेपछि देउवाले काँग्रेस र माओवादीका सांसदलाई मन्त्री बनाउन लागेका हुन् ।


    images
    images

    Logo