काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जना संक्रमित थपिएका हुन् ।
हाल काठमाडौं उपत्यकामा सात हजार ६९० जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
देशभर थप २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ४०० पुगेको छ ।