काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सरकारको निर्णय बदर गरेको छ । संसदमा विचाराधिन मुद्दाउपर सुनुवाई गर्दै सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो । अदालतले साउन ३ गते ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन समेत आदेश दिएको छ ।
त्यस्तै, संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवाले गरेको दाबी समेत स्वीकार गर्दै देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिका नाममा परमादेश जारी समेत गरेको छ ।