images
images

ठूला आयोजना धमाधम भारतीय कम्पनीलाई, सतलजले पायो तल्लो अरुण


  • 450
    SHARES
  • २०७८ आषाढ २८ गते सोमबार

    ठूला आयोजना धमाधम भारतीय कम्पनीलाई, सतलजले पायो तल्लो अरुण

    काठमाडौं । ६ सय ७९ मेगावाट तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा पनि भारतीय कम्पनीले पाएको छ । लगानी बोर्डको निर्णय अनुसार सरकारी स्वामित्वको भारतीय कम्पनी सतलज जलविद्युत् निगमसँग आयोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बोर्ड प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

    सो आयोजनाबाट उत्पादित विद्युत्मध्ये नेपालले २१ प्रतिशत विद्युत् निःशुल्क रुपमा पाउनेछ । सो आयोजनाको डीपीआरदेखि निर्माणसम्मको जिम्मा सोही कम्पनीले पाएको छ । कम्पनीले २ वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन पूरा गर्नु पर्नेछ । त्यसपछि निर्माणको काम प्रारम्भ हुनेछ । 

    यसअघि सो आयोजना विकासका लागि सतलजसँगै अर्को चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडले मात्रै प्रस्ताव पेस गरेका थिए । तर बोर्डले सतलजलाई नै यसको जिम्मा दिएको हो । 

    यो आयोजना संखुवासभा र भोजपुरको सीमानामा बग्ने अरुण नदीमा निर्माण हुनेछ । २०७५ चैतमा सालको लगानी सम्मेलनमा सोकेशमा राखेको उक्त परियोजनाका लागि बोर्डले एउटा जापानी कम्पनी र यी दुईसहित तीन वटा कम्पनीसँग प्रस्ताव मागेको थियो । तर यसमा दुई कम्पनीले मात्रै निर्माणको इच्छा देखाएका थिए ।

    प्रस्तावमा कम्तीमा १५ प्रतिशत बिजुली नेपालले निःशुल्क पाउनुपर्ने न्यूनतम शर्त तोकेकोमा सतलज २१ प्रतिशत विद्युत् दिन तयार देखिएको हो । सतलजले अहिले अरुण तेस्रो आयोजना समेत निर्माण गरिरहेको छ । 


    images
    images

    Logo