काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि लगायत सरकारका विभिन्न कदम विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुलाई वार्तामा बोलाएको छ । आइतबार ५ विद्यार्थी संगठनलाई पत्र पठाएर निगमले वार्तामा बोलाएको हो ।
पत्र अनुसार निगम र विद्यार्थी संगठनबीच सोमबार दिउँसो १ बजे वार्ता हुनेछ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाउँदा पछिल्लो समय इन्धनको मूल्य निरन्तर बढ्दै आएको छ ।